१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

मंसिर ७,
ग्लोबल आवाज

Advertisement

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित लुम्विनी स्पोटर््स क्लबद्वारा आयोजित ‘पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याड्मिन्टन्’ प्रतियोगिता शनिबार आजदेखि सुरु भएको छ । प्रतियोगिताको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन् गरे । खेलको उद्घाटन गर्दै मन्त्री बरालले खेलकुद आर्थिक गतिविधिको केन्द्र बन्दै गएको धारणा राखे । खेलकुद् क्षेत्रलाई सामाजिक रुपमा हेर्ने दृष्टिकोण बदलिनुमा लुम्बिनी स्पोर्ट्स जस्ता नीजि क्षेत्रको ठूलो भूमिका रहेको उनको भनाई थियो । विकासहुँदै गइरहेको खेल क्षेत्रको दायरालाई फराकिलो बनाउन प्रदेश सरकारले १ सय ९ वटै स्थानिय तहमा खेलकुद् प्रतियोगिता सञ्चालनमा पहुँच तथा बालबालिकामा खेलप्रति रुचि अभिवृद्धिका लागि करिब ४६ करोड खर्च गर्ने लक्ष्यका साथ योजना बनाईएको जानकारी दिए । नीजि क्षेत्रको अगुवाइमा यस्ता ठूला खेलकुद् प्रतियोगिताहरुले खेलाडिको विकास र मनोवल समेत उच्च बनाउन सहयोग पुग्ने भएकाले प्रदेश सरकारको तर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा बोल्दै प्रदेश ५ सभा सदस्य रमा अर्यालले खेलाडि राष्ट्रको गहना भएकाले स्थानिय स्तरमा हुने प्रतियोगिताले खेलाडि उत्पादनमा सहयोग पुग्ने विचार व्यक्त गरिन् । खेलकुद्को माध्यमबाट जिम्मेवार नागरिक तयार गर्न सकिने भन्दै खेलकुद क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्न इच्छुक रहेको बताइन् । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले क्लबले आयोजना गरेको प्रतियोगिता भएपनि समग्र तिलोत्तमा नगरको खेल क्षेत्रको सूचकको रुपमा प्रतियोतिा महत्वपूर्ण रहेको बताए । मेयर घिमिरेका अनुसार तिलोत्तमा नगरलाई शिक्षा र खेलकुद्को क्षेत्रमा अगाडि बढाउने योजना अन्तर्गत करिब छ करोडमा सिटी कलेज सञ्चालन र करिब एक करोड पचास लाख लागतमा लुम्विनी स्पोर्ट्स क्लबको निर्माणाधिन कभर्ड हलका लागि सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गरे । यि दुवै कार्य नगरको शिक्षा र खेलकुद्को महत्वपूर्ण अंश अन्तर्गत राखिएकाले सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो । सो अवसरमा क्लबका अध्यक्ष प्रतबहादुर पुन, खेल संयोजक कमल थापा, क्लबका सचिव विष्णु दगामी लगायतले बोलेका थिए ।

दुई दिनसम्म चल्ने ब्याड्मिन्टन् प्रतियोगितामा ८० टिम सहभागी रहेका छन् । उद्घाटन खेलको १२ वर्षीय रेफ्रि लेनिन रानाले गरे । तिलोत्तमा–१४ सुपौलीस्थित आफ्नै खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितमा पुरुष डबलतर्फ प्रथम, द्वित्तिय र तृतिय हुनेले क्रमशः रु.३५ हजार, २५ हजार र १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण–पत्र पाउने छन् । भेट्रानतर्फ विजेता र उपविजेता टिमले क्रमशः रु.१५ हजार र रु. १० हजार नगद पुरस्कार सहित टफ्रि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर