१९ असार २०७९, आईतवार

Jul 3, 2022

भैरहवा । मायादेवी गाउपालिकामा ध्रुव नारायण चौधरी फेरि दोहोरिएका छन । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार चौधरीले अध्यक्ष पदमा ५ हजार ३ सय ८६ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा लोसपाकी नर्वदा देवि उपाध्यय ४ हजार ९ सय ४२ मत ल्याइ विजयी भएकी छन । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन । मायदेवीको वडा नम्बर १ मा एमालेका पलटु लोध ७ सय २२ मत ल्याएर विजयी भएका छन ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका तप्पनाथ पाण्डेले ५ सय ८८ मत प्राप्त गरे । वडा नम्बर २ मा कांग्रेसका अगनु यादव ८ सय १७ मत ल्याइ विजयी भएका छन उनक निकटतम प्रतिद्वन्द्वी लोसपाका राम नारायण थारुले ७ सय ६१ मत प्राप्त गरे । वडा नम्बर ३ मा कांग्रेसकै मुहम्मद रफिक खान ९ सय ७७ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका श्रीराम यादवले ८ सय ७० मत प्राप्त गरे ।

वडा नम्बर ४ मा एमालेका अरुण कुमार तिवारी ५ सय ५१ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजु प्रसाद बनियाले ४ सय ८३ मत प्राप्त गरे । वडा नम्बर ५ मा कांग्रेसका तेज नारायण पाल ७ सय २ मत प्राप्त गरि विजयी भए उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भगवानदास कुर्मीले ५ सय ७० मत प्राप्त गरे ।

वडा नम्बर ६ मा लोसपाका अवधराज यादव ८ सय ९५ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल जनता पार्टीका सुरेन्द्रनाथ यादवले ५ सय ६४ मत प्राप्त गरे । वडा नम्बर ७ मा लोसपाका शैलेन्द्र कुमार पाण्डेले १ हजार ३ सय ४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामा शंकर यादवले ८ सय ६७ मत प्राप्त गरे । वडा नम्बर ८ मा एमालेका चोक बहादुर मगर ७ सय ४२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिक्रम बहादुर सुनारले ५ सय ३५ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम