ताजा अपडेट »

बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते?

बुधबार, ०४ जेठ २०७९, १० : ५०
2 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका १९ वटा वडा मध्ये १२ वडाको मतपरिणाम सार्वजनिक भएको छ । बुटवलमा अहिलेसम्म वडा नं १,२,३,४,५,६,७,१५,१६,१७, १८ र १९ नंं वडाको मतपरिणाम भैसकेको छ ।

जसमध्ये सत्तागठबन्धनले १० वडा जित्दा नेकपा एमालेले २ वडा मात्रै जितेको छ । बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका खेलराज पाण्डेयले अग्रता लिएका छन् भने उपमेयरमा एमालेकी साबित्रा अर्यालले अग्रता लिएकी छिन् ।

कहाँ कस्ले  जिते ?

वडा नं १ – नरेन्द्र बस्नेत (स्वतन्त्र उम्मेदवार-पुतली चिन्ह )

वडा नं २ – सुनिल शाक्य (नेकपा एस-कलम चिन्ह ) 

वडा नं ३ – विष्णु ढकाल (नेकपा माओवादी केन्द्र-रूख चिन्ह )

वडा नं ४ – नरिश्वर शर्मा पौडेल (नेपाली काँग्रेस ) 

वडा नं ५ – हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस )  

वडा नं ६ – लोकनाथ न्यौपाने (नेपाली काँग्रेस )

वडा नं ७ – पदम गाहा (नेपाली काँग्रेस )

वडा नं १५ – शिव राना (नेपाली काँग्रेस )

वडा नं १६ – कृृष्ण प्रसाद पौडेल (नेपाली काँग्रेस )  

वडा नं १७  – ज्ञान बहादुर रेस्मी (नेपाली काँग्रेस )

वडा नं १८– गुरुप्रसाद पंगेनी (नेकपा एमाले )  

वडा नं १९– चन्द्रसिंह थापा  (नेकपा एमाले )  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।