ताजा अपडेट »

नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बुधबार, ०४ जेठ २०७९, ०९ : २२
6 Shares

परासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका छन् । निकटम प्रतिद्धन्द्धीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै चौधरी निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गरेको अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार निकटम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका अनिल कुमार गौड हुन्। गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमति हरिजन विजयी भएकी छिन् । विजयी हरिजनले पाँच हजार ७४३ मत ल्याइन भने उनकी निकटम प्रतिद्धन्द्धी निवर्तमान उपाध्यक्ष समेत रहेकी नेपाली काङ्ग्रेसकी उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गरेकीछन् ।

उपाध्यक्षमा हरिजनले रायलाई ३९४ मतले पछि पारेकी हुन्। यसअघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालिन फोरम लोकतान्त्रिक ( पछि काङ्ग्रेसमा समाहित ) र उपाध्यक्षमा काङ्ग्रेसले जितेको थियो । ७ वटा वडा रहेको यस गाउँपालिकामा दुई वटा वडामा एमाले, तीन वटा वडामा काङ्ग्रेस र एक/एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।अघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालिन फोरम लोकतान्त्रिक ( पछि काङ्ग्रेसमा समाहित ) र उपाध्यक्षमा काङ्ग्रेसले जितेको थियो ।

७ वटा वडा रहेको यस गाउँपालिकामा दुई वटा वडामा एमाले, तीन वटा वडामा काङ्ग्रेस र एक: एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार वडा अध्यक्षमा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा कांग्रेसका शम्भु चौधरी, वडा नं ३ मा राप्रपाका फिरंगी चौधरी, वडा नं.४ मा एमालेका सुरेश यादव, वडा न. ५ मा कांग्रेसका लक्ष्मण चौधरी, वडा नं. ६ मा कांग्रेसका छोटेलाल गुप्ता र वडा नं. ७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया विजयी भएका हुन् ।

२५ हजार ९१२ मतदाता रहेको यस गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिकाका विभिन्न ३२ मतदान केन्द्रबाट २१ हजार २२ मत खसेको थियो

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।