ताजा अपडेट »

भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै

बुधबार, ०४ जेठ २०७९, ०७ : २३
6 Shares

बुटवल । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । 

पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी उम्मेदवार दाहालले प्रतिद्धन्द्धि नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीमाथि १३ सय बढी मतले अग्रता लिइरहेकी छन् । अहिलेसम्म दाहालले ९ हजारर ३६३ ल्याएकी छन् भने सुवेदीले ८ हजार १९ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ ल्याएका छन्। 

त्यस्तै, उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत ल्याएर अग्रता कायम राखेका छन् ।  उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ६ हजार ४५४ मतका साथ पछ्याइरहेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।