ताजा अपडेट »

पैसा राखेर पाउ ढोगेका वडाध्यक्षलाई आयोगद्वारा स्पष्टीकरण माग

विहीबार, २२ बैशाख २०७९, २१ : ५८
2 Shares

काठमाडौं । मतदाताको पाउमा पैसा राखेको भन्दै समाचार सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० का वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगले भनेको किन कारबाही नगर्ने भन्दै जवाफ मागेको हो। 

'निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ' आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ। 
वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो तर उनले भने आफूले दिदीको खुट्टा ढोगेको दाबी गरेका थिए। - न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।