ताजा अपडेट »

हाम्रो कुनै आन्दोलन छैन, निर्वाध ढुवानी गछौँः पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी

शुक्रबार, १८ चैत्र २०७८, १५ : ५१
8 Shares

बुटवल । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायीले ढुवानी रोक्ने आफूहरुको कुनै आन्दोलन नरहेको बताएको छ । नेपाल आयल निगम लि. मातहतमा रही व्यवसाय गर्ने तीन संस्थाहरु मध्ये ग्यास व्यवसायी, पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोलियम बिक्रेता सम्मिलित राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले गत फागुन २३ गते नेपाल आयल निगम लि. समक्ष ६ बुँदे माग पेश गरी माग पुरा नभएको खण्डमा चरणबद्ध रुपमा आन्दोलनमा जाने निर्णय गरेर कार्यक्रम सार्वजनिक गरी अगाडि बढेको अवस्थामा आफूहरुले भने आन्दोलन नगर्ने जनाएको हो ।

संघले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरि एक विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थालाई मध्ये नजर गरि सम्वादबाट नै समस्या समाधान गर्ने भन्दै आन्दोलन नगर्ने जनाएको छ । विज्ञप्तिमा संघको चैत १६ गते बसेको बैठकबाट नेपाल आयल निगम लि., नेपाल सरकार र व्यबसायी बीच वार्ता बसी समस्या समाधान गर्न अनुरोध गर्ने नेपाल सरकारले आसन्न २०७९ बैशाख ३० गते स्थानीय निकायको निर्वाचन घोषणा गरी अगाडि बढेको अवस्थामा उपर्युक्त मागहरुको सम्बन्धमा निर्णयार्थ छलफल गर्न नेपाल आयल निगम लि.ले केही समय माग गरेको हुनाले सामाजिक उत्तरदायित्वमा समेत हामी ब्यबसायीहरु जिम्मेवार हुने र समाजमा नकरात्मक सन्देश जाने देखिएको हुदा हाललाई नेपाल आयल निगम लि.ले गरेको अनुरोधलाई स्विकार गरी हाम्रा संयुक्त ६ बुँदे यथार्थ मागहरु यथावतै हेको तर आन्दोलनको कार्यक्रम स्थगित गरीएको ब्यहोरा जानकारी गराउँदै आसन्न निर्वाचन भय हित रुपमा सम्पन्न गर्न हामी व्यवसायीहरुको तर्फबाट नेपाल सरकारलाई अनुरोध समेत गर्दछौ ।’ भनिएको छ ।

साथै संघले ६ वटा माग राखेको छ । हाम्रा ६ बुदे मागहरु नेपाल आयल निगम लि.ले वार्ताको माध्यमबाट पुरा गरीदिई आन्दोलन स्ता कार्यक्रम गर्ने नपर्ने अवस्था सृजना गर्न निगमलाई अनुरोध गर्दै हाल यस संघको कुनैपनि बन्दोलनको कार्यक्रम नभएको र निरन्तर रुपमा ढुवानी कार्य भईरहेको ब्यहोरा सम्बन्धित सवैलाई नकारी गराउने निर्णय भएको व्यहोरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौ । भनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।