२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाडौं । यतिबेला देशभर चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् भने सुरक्षा निकाय चुनावलाई कसरी भयरहित वातावरणमा सम्पन्न गर्ने भन्नेतिर लागेको देखिन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरेर चारै सुरक्षा निकाय चुनावी सुरक्षामा केन्द्रित भएका छन् । 

Advertisement

चुनावमा सबैभन्दा नजिकबाट सुरक्षा खटिनुपर्ने निकाय हो, नेपाल प्रहरी । तर, नेपाल प्रहरीले आगामी १९ वैशाख अगावै नयाँ नेतृत्व पाउँदैछ । त्यसका लागि चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरू लाइनमा छन् । आफूलाई एआईजीपीमा बढुवा नगरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू अदालत गएका छन् । 

निर्वाचन सुरक्षामा केन्द्रित हुनुपर्ने प्रहरी संगठन यतिबेला विवादै विवादमा परेको छ । त्यो पनि राजनीतिको चपेटामा । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण १९ वैशाख २०७९ मा विदा पाउँदैछन् । त्यसअघि नै सरकारले एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकमध्ये एक जनालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नेछ । 

त्यस्तै आफुलाईं एआईजी हुँदै भावी प्रहरी महानिरीक्षको दादेवार मान्दै तीन जना डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्च  अदालत पुगेका छन् । प्रहरीको हाईकमाण्ड सम्हालिरहेका प्रहरी नेतृत्व भावी महानिरीक्षकको तिक्तामा रुमल्लिएका छन् । एकातिर चुनावी कमाण्ड उनीहरूकै हातमा छ भने अर्कोतिर भावी महानिरीक्षकको तिक्तता ।  अहिले अदालत धाइरहेका डीआईजीहरू निराशाजनक अवस्थामा छन् । उनीहरू अदालत गइसकेपछि अहिलेका एआईजीहरू पनि मन लगाएर काम गर्न सक्ने अवस्थामा छैन । 

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल यसलाई प्रहरी संगठनभित्र घुसेको राजनीतिको असर मान्छन् । ‘प्रहरी अधिकारीको मनोबल गिराउने काम केही वर्षयतादेखि भइरहेको छ । फेयर ढंगबाट प्रहरी संगठनलाई काम गर्न दिइएको छैन्,’ उनले भने । अहिले नै उनीहरूलाई निर्वाचन सुरक्षाको जिम्मेवारी दिएको खण्डमा चुनावमा खासै असर नपर्ने उनको भनाइ छ । ‘चुनाव हुनुभन्दा ११ दिनअघि प्रहरी प्रमुख फेरिन्छन् । तल्लो तहको प्रहरी अधिकारीलाई निर्वाचन सुरक्षाको जिम्मा दिनुपर्छ । नत्र भावी आईजीपीलाई गाह्रो हुन्छ,’ मल्ल भन्छन् । 

यसरी अदालत गइराख्नुपर्ने प्रवृत्तिले प्रहरी संगठनभित्र अविश्वास पैदा हुने उनको भनाइ छ । ‘अदालत जाने समस्या नयाँ होइन् । तर, यो व्यापक भयो भने मूल्यांकनप्रति नै अविश्वास हुनसक्छ,’ उनले भने । 

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता