Jun 4, 2023
बुटवल । प्यूठानमा शनिबार बस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका-२ सेतोपहरा स्थित भित्री सडकखण्ड तिरामबाट दङ घोराहीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार शनिबार विहान करिब साढे ११ बजेको समयमा ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा घोराही उपमहानगरपालिका–३ बनजोडकी साबित्री परियारको एक वर्षीय छोरा अंशुपरियारको ज्यान गएको हो । दुर्घटनामा साबित्रीसहित २५ जना घाइते भएका छन् । बस बाटोदेखि अन्दाजी ३० मिटर तल खसेको थियो । घाइतेहरुको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्