२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न उद्योगी व्यवसायी अनिच्छुक देखिएका छन् । सेजमा उद्योग स्थापना गर्न सरकारले ल्याएको निर्यात मापदण्डका कारण उद्योगी व्यवसायी सेजप्रति आकर्षित नदेखिएका हुन् । विशेष आर्थिक क्षेत्र ऐन, २०७५ को दफा ६ मा सेजमा स्थापना भएको उद्योगले आफ्नो उत्पादनको कम्तीमा ६० प्रतिशत निर्यात गर्नुपर्ने उल्लेख गरिएको छ ।

Advertisement

सेजमा हालसम्म छवटा उद्योग स्थापना भएका छन् भने कुनै पनि उद्योगले ६० प्रतिशत निर्यात मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार निर्यात नगरेपछि सेज र उद्योगीबीचको विवाद बढ्दै गएको छस जसका कारण उद्योग स्थापनाका लागि सम्झौता गरेका अन्य उद्योगले निर्माणको काम अगाडि बढाएका छैनन् ।

उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान व्यावहारिक नभएको उद्योगी व्यवसायीहरू बताउँछन् । सरकारको भन्सार नीतिका कारण पनि उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको छ । कतिपय तयारी वस्तुभन्दा पनि आयात हुने कच्चापदार्थमा भन्सार शुल्क महँगो छ । त्यसले आयातित तयारी वस्तुसँग यहाँको उत्पादनले प्रतिष्पर्धा गर्न सक्दैन । उत्पादन लागत नै बढी हुने भएकाले निर्यातलाई प्रोत्साहन गर्दैन । सेज व्यवस्थापनले चार महिनाअघि मात्रै शक्ति मिनरल्सलाई तोकेको मापदण्ड पूरा नगरेको भन्दै उत्पादित वस्तु स्थानीय बजारमा बिक्रीवितरण गर्न रोक लगाएको थियो ।

शक्ति मिनरल्सले आ।व। २०७६र७७ मा २३ दशमलव ८४ प्रतिशत मात्र निर्यात गरेको थियो । त्यस्तै सो उद्योगले गत आर्थिक वर्ष दुई दशमलव ५६ प्रतिशत र आ।व। २०७८र७९ मा करिब १२ प्रतिशत निर्यात गरेको छ । सेज ऐनअनुसार निर्यात नगरेपछि सो उद्योगलाई आन्तरिक बजारमा बिक्री वितरण रोक लगाउनुको साथै ६० प्रतिशत निर्यात गर्न निर्देशन दिइएको छ ।
तोकिएको सेवासमेत नपाएका कारण अपेक्षित निर्यात गर्न नसकिएको शक्ति मिनरल्सका प्रोजेक्ट म्यानेजर दीपक झाले बताउनुभयो । तर सेजका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले भने दिनुपर्ने सबै सेवा सुविधा दिएको बताए।

सेजमा अहिले शक्ति मिनरल्सबाहेक ब्रिलियन्ट लाइटनिङ इन्डस्ट्रिज प्रालि, भिस्टार ग्लोबल प्रालि, पञ्चकन्या एसएस एक्स्पोर्ट, एस पोलिफर्म, जय बुद्ध मेटल क्राफ्ट प्रालिले उत्पादन सुरु गरेका छन् ।
सेज ऐनमा उद्योग स्थापना भएको एक वर्षसम्म आन्तरिक बजारमा बिक्री गर्ने सुविधा छ । शक्ति मिनरल्स, ब्रिलियन्ट लाइटनिङ इन्डस्ट्रिज प्रालि, भिस्टार ग्लोबल प्रालिबाहेकका अन्य उद्योगले भने स्थापनाको एक वर्ष पूरा गरेका छैनन् ।

सेजमा स्थापना भएका अन्य उद्योगहरूमध्ये आ।व। २०७७र७८ मा ब्रिलियन्ट लाइटले ५८ दशमलव ७३ प्रतिशत, भिस्टार ग्लोबलले शतप्रतिशत निर्यात गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले ६० प्रतिशत निर्यातको मापदण्डलाई घटाउनुपर्ने बताए । “निर्यात मापदण्डको कडा प्रावधानले उद्योगीले उद्योग स्थापना गर्न नचाहेका हुन्,” उनले भने ।

उद्योगी नवराज श्रेष्ठले सेजले व्यवस्थित सञ्चालन गर्ने हो भने नीतिगत रूपमा व्यवसायीमैत्री हुनुपर्ने बताए । “निश्चित समयका लागि विद्युत् तथा करमा छुटको व्यवस्था, व्यावहारिक भाडा, निर्यात अनुपात पनि घटाउनुपर्छ,” उनले भने।

सरकारले सन् २००१ मा भैरहवामा निर्यात प्रवद्र्धन केन्द्र स्थापना गर्न जग्गा अधिग्रहण सुरु गरेको थियो । सन् २००५ मा सेज अध्यादेश ल्याइयो । सन् २००८ मा भैरहवामा सेज निर्माण सुरु भयो भने सन् २००८ मा सेज विधेयक संसद्मा पेस भयो । यद्यपि सेज ऐन सन् २०१६ मा मात्रै पारित भएको थियो ।

सन् २०१० मा सरकारले औद्योगिक नीतिमार्फत् सेजमा उद्योगलाई आयकर, भ्याट, भन्सारलगायत छुट र सुविधा दिने घोषणा गरे पनि उद्योगी सेजमा आकर्षित हुन् सकेका छैनन् । सेजमा स्थापना भएका उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान छ । त्यो पनि सरकारले ७५ प्रतिशतबाट घटाएर ६० बनाएको हो । -गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश