१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा बिहीबार वेश्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ए अन्तर्गतको अन्तिम खेलमा शंकरनगरलाई ११३ रनको फारकिलो अन्तरले हराउदै वेश्टर्नले सुपर फोरको यात्रा तय गरेको छ । हारसँगै शंकरनगर डिभिजन बीमा  घटुवा भएको छ । 

Advertisement

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ पाएको वेश्टर्नले निर्धारित ५० ओभरको खेलमा २ सय ६३ रन बनाएको थियो । सबै विकेट गुमाएको टिमका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९ र अनिल खरेलले ४१ रन बनाए । बलिङ तर्फ शंकरनगरका विशाल विक्रम केसीले ४, ओम सारु मगरले २ विकेट लिए । 

दुई सय ६४ रनको लक्ष्य पाएको शंकरनगरले जवाफी ब्याटिङमा २८  दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि ११३ रनको फराकिलो अन्तरले हार व्याहोरेको शंकरनगरका लागि ओम सारु मगरले सर्वाधिक ४६, जगत क्षेत्रीले अविजित २०र विष्णु पाण्डेले १९ बनाए पनि जित निकाल्न सकेनन् । बलिङ तर्फ बेश्टर्नका अनिल खरेलले ५, विक्रम भुसालले ३ र प्रतिशत जिसीले २  विकेट लिए । बिहीबारको खेलमा वेश्टर्नका अनिल खरेल म्यान अफ द म्याच भए । 

बिहीबारको खेलसँगै डिभिजन ए अन्तर्गतको खेल सकिएको छ, शनिबारबाट हुने सुपर फोरको प्रतिस्पर्धाका लागि ४ टिम उक्लेका छन् । शनिबार एमसीसी क्लब र लुम्बिनी खुकुरी क्लब बिच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड रामबहादुरको रामकहानी