ताजा अपडेट »

टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

शनिबार, ०४ मंसिर २०७८, २१ : ३५
6 Shares

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर आज दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–६ राष्ट्रिय वाणिज्य बैंक अगाडि मोटरसाइकलले टिपरलाई दाहिने साइडबाट ओभरटेक गर्ने क्रममा सडक डिभाइडरमा ठोक्किर टिपरको पछाडिको चक्कामा परी दुर्घटना हुँदा काभ्रे रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा घाइते तामाङको भक्तपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले टिपर चालक काभ्रे मण्डनदेउपुर नपा–१० घर भई हाल काठमाडौँ चाबहिल बस्ने २८ वर्षीय सोमबहादुर लामा र दुर्घटनामा परेका दुवै सवारीलाई नियन्त्रणमा लिई प्रहरी बृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।