१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माण गरिएको माथिल्लो सोलुखोला हाइड्रोपावर कम्पनीले ३३ करोड बढीको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । सोलु खोलामा निर्माण गरिएको २३.५ मेगावाटको कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर जारी गर्ने जनाइएको छ  । 

कम्पनीले एनएमबी क्यापिटल मार्फत शेयर निष्कासन तथा बिक्री गर्ने कम्पनीका जनसम्पर्क अधिकृत बद्रीमान श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार कम्पनीले आइपिओ निष्कासनको लागि २०७७ चैत्र १६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

४ अर्ब ५० करोडको लागतमा २०७६ सालको मंसिरमा विद्युत् निर्माण सम्पन्न गरेको हाइड्रोपावर कम्पनीले हाल विद्युत् उत्पादन गर्दै आएको छ । आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी रहेको जनाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन