May 28, 2023
बुटवल । बर्दियामा आगलागी हुँदा करिब ८ लाख बराबरको क्षति भएको छ । राजापुर नगरपालिका–५ निहालपुर बस्ने तिलक प्रसाद अधिकारीको कुखुराको फर्म र फर्म नजिकैको सुत्ने घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब ७ लाख ८३ हजार रुपैयाँ मूल्य
बराबरको धनमाल जलेर नष्ट भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट१ हजार १ सय ७० वटा कुखुरा, १३ क्विन्टल दाना, नगद ४० हजार रुपैयाँ र १ तोला सुन गरी करिब ७ लाख ८३ हजार रुपैयाँ मूल्य
बराबरको धनमाल जलेर नष्ट भएको छ । तिलककै खेतमा लगाएको आगोको झिल्काबाट उक्त आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्