ताजा अपडेट »

विश्वकपमा जान इटालीले प्लेअफ खेल्नुपर्ने

मंगलबार, ३० कार्तिक २०७८, १० : ०५
10 Shares

काठमाडौं । युरोकप विजेता इटालीले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट हुन प्ले अफ खेल्नु पर्ने भएको छ।  युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले प्ले अफ खेल्नु पर्ने भएको हो ।

समूह ‘सी’ मा स्विट्जरल्यान्डले बुल्गेरियालाई ४–० ले हराएपछि स्विट्जरल्यान्डले भने अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको छ । इटालीले ८ खेलमा १६ अंक जोड्यो । इटाली दोस्रो स्थानमा रह्यो । स्विट्जरल्यान्डले १८ अंक जोड्यो ।यस्तै,  इंग्ल्यान्ड पनि फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत सोमबार राति १० खेलाडीमा सिमित सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।इंग्ल्यान्डको एकतर्फी जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे । यस्तै ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले एक/एक गोल गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।