२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौँ । कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ। 

Advertisement

महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले नै विधान महाधिवेशन बोलाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘नयाँ निर्वाचित नेतृत्वले विधान महाधिवेशन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘समय व्यवस्थापनका लागि यसो गर्नुपरेको हो।’ पदाधिकारीबीच सहमति गरी विधान संशोधनलाई पछि सारिएको शर्माले बताए। 

नेता डा. रामशरण महतले महाधिवेशनको तयारीका लागि समय कम भएकाले यस्तो निर्णय गर्नुपरेको बताए। ‘कतिपय जिल्लामा क्रियाशील विवादका कारण भित्री रूपमै समस्या छ’, नेता डा. महतले भने, ‘त्यसकारण पनि राष्ट्रिय महाधिवेशनपछि पार्टीको नीतिबारे बृहत् छलफल गर्ने प्रस्ताव आयो। स्वीकार गर्नुको विकल्प थिएन।’ 

कांग्रेसले यसअघि नीति र कार्यक्रम पारित गरी नेतृत्व चयन गर्दै आएको थियो। तर, यसपटक महाधिवेशन सम्पन्न गर्न समय अभाव हुने भन्दै कांग्रेसले नेतृत्व चयनमा मात्र केन्द्रित हुने निर्णय गरेको हो। बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरेको छ। प्रदेशस्तरीय अधिवेशन गर्न संयोजक तोकेको छ। कांग्रेसले पाँचौँ पटक मिति सारी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन तोकेको छ। यो समाचार आजको अन्नपूर्ण पाेष्ट  दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका