ताजा अपडेट »

छात्रावासमा पटक – पटक बालिका बलात्कृत

मंगलबार, १५ माघ २०७५, ०४ : ०२
14 Shares

माघ १५

बाँके । नेपालगञ्जमा एकजना न्यून दृष्टि भएकी किशोरी छात्रावासमै पटक पटक बलात्कृत हुँदै आएको घटना सार्वजनिक भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१३, बुलबुलियामा बाँके नेत्रहीन सङ्घद्वारा दृष्टिविहीन विद्यार्थीका लागि सञ्चालित छात्रावासमा बस्दै आएकी १६ वर्षीया किशोरी बलात्कारमा परेकी हुन् ।

त्यसै छात्रावासमा बस्दै आएका र मंगलप्रसाद मावि नेपालगञ्जका स्रोत शिक्षक कन्हैयालाल थारुले २०७३ देखि २०७५ साउनसम्म पटक पटक जबरजस्ती करणी गर्दै आएको दावी गर्दै प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । किशोरीले मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी गरेपछि थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेत्रहीन महिला संघ र महिला तथा बालबालिका विभागको पहलमा कानूनी उपचारको प्रयास गरिएको हो । यसैबीच नेत्रहीन महिला संघ बाँकेले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी पीडित बालिकाको न्यायका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।