ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा कार दुर्घटना, बुद्धमूर्ति क्षत–विक्षत

सोमबार, १५ कार्तिक २०७८, ११ : ३७
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रित भई बुद्धको मूर्तिमा ठोक्किएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १५ च ८५३७ नम्बरको कार सोमबार बिहान तिलोत्तमा नगरपालिका-१५ कोटिहवामा अनियन्त्रित भई डिभाइडरमा चढेर बुद्धको मूर्तिमा समेत ठोक्किन पुगेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनाबाट बुद्धमूर्ति क्षत–विक्षत भएको छ भने कारमा पनि क्षति पुगेको छ । दुर्घटनामा परी कारका चालक ओमसतिया गाउँपालिका-१ का ४३ वर्षीय प्रकाश बुढाथोकी घाइते भएका छन् । बुढाथोकीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुढाथोकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।