ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना, एक जना घाइते

बुधबार, २७ असोज २०७८, २० : ५३
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्डको मधवलियामा बुधबार साँझ बलेरोले कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी कार चालक घाइते भएको र उनलाई उपचारका लागि क्रिमशन अस्पतालमा पुर्याइएको इलाका प्रहरी कार्यालय मंगलापुरका इन्चार्ज लक्ष्मण डाँगीले ग्लोबल आवाजलाई जानकारी गराए ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बलेरोले सडक पारगरी पूर्वतर्फ जाँदै गरेको कारलाई ठक्कर दिएको उनले बताए । घटना बारे विस्तृत विवरण आउन बाँकी ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।