२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

म्याग्दी । उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको हो । सो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको छ ।

Advertisement

आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चार वटा खण्ड भएको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ६५ र सात वटा खण्ड भएको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । “जोमसोम–कोरला सडकको सातमध्ये चार वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्”, उनले भने, “बाँकी तीन वटा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।”

दिवा–रौताह–एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक विसं २०७५ मा ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो । भेना–घिलिङ, जोमसोम–कागबेनी–ताङ्वे र ताङ्वे–चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ । रु छ अर्ब लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७/७८ सम्ममा रु पाँच अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको छ ।

सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजनामार्फत आर्थिक वर्ष २०७३/०७४ मा रु ४६ करोड २० लाख, २०७४/७५ मा रु एक अर्ब ५२ करोड ५२ लाख, २०७५/७६ मा रु एक अर्ब ३१ करोड, २०७६/७७ मा रु ९० करोड २५ लाख र आव २०७७/७८ मा रु एक अर्ब २४ करोडमा ९३ करोड ५० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ । पछिल्लो आव २०७७/७८ मा सडक स्तरोन्नतितर्फ रु ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ रु १२ करोड ८७ लाख खर्च भएको थियो । यस सडकको विभिन्न ठाउँमा करिब २० वटा मोटरेबल पुल निर्माणाधीन छन् ।

आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–नारच्याङ पुल (१९ किलोमिटर), मुस्ताङको कोबाङ–जोमसोम (१९ किलोमिटर) र चराङ–छोसेर खण्ड (२५ किलोमिटर) दूरीको सडकको भौतिक प्रगति कम देखिएको छ । कोबाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल खण्डमध्ये गलेश्वरदेखि बेगखोला सम्मको करिब छ किलोमिटर सडक कालोपत्र शुरु भएको छ । शर्मा–गजुरमुखीले ठेक्का लिएको मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६।५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ । बर्खाका कारण रोकिएको सडक कालोपत्रलाई दसैँलगत्तै पूर्णता दिने निर्माण कम्पनीले जनाएका छन् ।

प्रवेश बिन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करिब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इञ्जिनीयर आशिष मानन्धरले बताए । “बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ”, उनले भने, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।” बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरवको हो ।

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ को रपमा लिने गरिन्छ । यो आयोजनाले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । कोरला नाकासम्म सहज रुपमा सडक सुबिधा प्राप्त भएमा नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । “सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दवाव पुग्छ, स्थानीयवासी भन्छन्, “सडकको स्तरोन्नति र कालोपत्र हुन थालेपछि हामी उत्साहित भएका छौ ।” -रासस

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका