१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौं । दशैँ नजिँकिँदै गर्दा बजारमा भिडभाड बढेको छ । तर, पानीपुरी र चटपटेको व्यापार भने घटेकाे छ । उपत्यकामा पछिल्लो समय चटपटे र पानीपुरीको व्यापार महिलाको राम्रो आम्दानीको श्रोत बनेको छ । केही समय पहिले पुरुषले मात्रै गर्दै आएको यो व्यापार पछिल्लो समय महिलाले पनि अंगाल्न थालेका छन् । थोरै लगानीमा धेरै फाइदा हुने हुँदा पानीपुरी र चटपटेको व्यापार गर्नेमा महिलाको संख्या बढेको हो।

Advertisement

तर, गतवर्ष र यसवर्ष भने कोरोना महामारीले पानीपुरी र चटपटेको व्यायारमा खासै सफल्ता हात पार्न नसकेको गुनासो चटपटे तथा पानीपुरी व्यापारीको छ । हालै धेरेजसोले यो व्यवसाय अंगालेका छन् । विद्यालय आसपास, घर–घरमा ठेला गुडाउँदै महिला चटपटे र पानीपुरी बेच्न व्यस्त हुन्छन् । 

काभ्रेपलाञ्चोक स्थायी घर भई हाल काठमाडौंको बिजुलीबजार चोकमा चटपटे र पानीपुरी बेच्दै आएकी शुभद्रा तिवारीले आफ्नो घर खर्च यही व्यवसायबाट चलाउँदै आएकी छन् । उनले काम सुरु गरेको एक महिना मात्र भयो । पहिला उनको बुहारीले सोही व्यापार चलाउँदै आएकी थिइन् । उनी भन्छिन, ‘बुहारीले कोरोना महामारीअघि एकदिनमै चार हजार रुपैयाँसम्मको व्यापार गरेकी थिइन् । तर, अहिले भने एकदिनमा बल्ल सात सय रुपैयाँ कमाइन्छ ।’ उनले आफ्नो एकजना छोराको पढाइ खर्चदेखि सम्पूर्ण घर खर्च चटपटे पानीपुरीबाट निकाल्छुभन्दा दसैंमा झनै व्यापार नै नभएको गुनासो गरिन् ।

‘गाउँ छोडेर काठमाडौं आइयो तर, रोजगार भने जस्तो पाइँदैन । ठूलो व्यवसाय गर्न धेरै लगानी चाहिन्छ । त्यसैले, पानीपुरी र चटपटे व्यापारमा लागेकी हुँ । यसमा कम लगानीबाट धेरै फाइदा हुन्छ’, तिवारीले भनिन् । आम्दानीको श्रोत नभएरभन्दा उनी घरमा दिनभर त्यतिकै बस्नुभन्दा समय बिताउनका लागि पनि यो व्यापार आवश्यक रहेको उनी बताउँछिन् । उनले व्यापार कम नै भए पनि महिनामा १५/२० हजार रुपैयाँ भने कमाइ हुने  बताइन् । उनले आफू यस कामबाट सन्तुष्ट भएको पनि बताइन् । 

उनले गाडा किन्न पनि छ हजार रुपैयाँ खर्च भएको बताउँदै खासै घाटा भने नलागेको उल्लेख गरिन् । उनले आफूले एकदिनमा तीन सय रुपैयाँ बराबरको खर्च गरेर दिनमा सात सय रुपैयाँ आम्दानी गर्ने गरेको बताइन् । उनले फेरी भनिन्, ‘काेरोनाले गर्दा र अहिले दसैं लागेकाले ग्राहकहरु गाउँ जान थालेका छन् । अब जाडोको समयमा राम्रो व्यापार हुने आशा छ ।’ गाउँ गएका सबै फर्किएपछि आफ्नो व्यापार वृद्धि हुने उनले आशा व्यक्त गरिन् । 

उनले बजारमा व्यापार गर्नभने सहज नभएको बताइन् । गाडा वरिपरि भएका सामानहरू चोरिदिने गर्दा असुरक्षित भएको सुनाउँछिन उनी । बिजुलीबजारको पुलको छेउमा फोहोर थुपार्ने ठाउँ भएकाले गन्ध धेरै आउने गरेको दुःखेसो पोखिन् । झनै सुक्खायाममा हावा चलेर धुलो उड्दा स्वास्थ्यमा समेत असर पर्ने उनी बताउँछिन् ।-न्युज कारखाना 

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो