१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । पछिल्लो समय रियालिटी शोमार्फत नवप्रवेशीले आफ्नो प्रतिभालाई सहजै दर्शकसमक्ष पुर्‍याउने गरेका छन् । यस्तै, एक उदाहरण हुन् कर्णराज गिरी । संगीतमा आफ्नो भविष्य बनाउन मिहिनेत गरिरहेका कर्णलाई पछिल्लो समय ‘द भ्वाइस अफ नेपाल’ गायन रियालिटी शोले पहिचान दिलाएको छ । टप टेनसम्म यात्रा तय गरेका कर्णले आफूले प्रस्तुत गरेको गीतहरूमार्फत दर्शकको मन जित्न सफल भए । 

Advertisement

यद्यपि उनको एउटा सपना भने अधूरै रह्यो । उनलाई गायन यात्रामा हौसला दिइरहेकी आमालाई उनले गुमाए । नेपाली सांगीतिक आकाशमा कर्णलाई देख्ने उनको आमाको सपना पूरा नहुँदै अन्त्य भयो । कर्णले आमा गुमाए । ‘आमाको सपना पूरा गर्न म भ्वाइसको मञ्चमा पुगेको थिएँ । त्यो खुसीसमेत आमाले साट्न पाउनु भएन,’ कर्णले न्युज कारखानासँग भने । आमा विरामी रहँदा उनी प्रतियोगितामा सहभागी थिए । 

यसैले गर्दा आमालाई समर्पित गर्दै कर्णले गीत नै तयार पारे । उनले आमाको भावनालाई गीतमार्फत प्रस्तुत गरेको बताए । सार्वजनिक ‘आमा’ बोलको गीतमा कर्णको स्वर रहेको छ भने शब्द र संगीत किरण माइकलको छ । ‘म आमालाई समर्पित गरेर गीत तयार गर्ने सोचमा थिएँ । एक म्युजिक सिटिङमा कुराकानीकै क्रममा गीत तयार भयो,’ कर्णले भने । उनले एक रातमा लगभग गीत तयार गरेको बताए । एरेन्ज साहस शाक्य, ब्याकग्राउन्ड स्कोर विनय कार्की र मिक्सिङ मास्टरिङ चन्द्र चौधरीको रहेको छ ।

म्युजिक भिडियोमा स्वयं गायक गिरीका साथै सरिताराज उपाध्याय, सन्तोष केसी, राज चाम्लिङ राई, सुनिल थापामगर र सुरेश कोहिलसहित बाल कालाकारमा प्रियंस कँडेलको अभिनय देख्न सकिन्छ । शशान कँडेलको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन, जिन्सोन क्षेत्रीको मेकअप रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था