२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगरका विभिन्न वडाका सुत्केरी आमालाई सम्मान कार्यक्रम आयोजना गरी नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मान गर्दै प्रोत्साहन रकम प्रदान गरे । उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्यचौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Advertisement

कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने रु पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु दुई हजार, एम्बुलेन्स खर्चबापत रु एक हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप रु दुई हजार र चारपटक गर्भ जाँच गराएबापतको रु ८०० एकमुष्ट रुपमा प्रदान गरिएको वडाध्यक्ष मेलबहादुर तामाङले जानकारी दिए । उनले भने, “छोरी जन्माउने आमालाई निरन्तर सम्मान गर्दै जानेछौँ, आमा र शिशुका लागि पोषणयुक्त खानपानमा वडाद्वारा आर्थिक सहयोग दिन थालेका छौँ ।”

नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले सडकलगायत पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार यस वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजबुद बनाउन थप नीति तथा कार्यक्रम तय गरिएको छ । नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए । रासस

नगर उपप्रमुख रामदेवी तामाङले नेपाली समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको जनाउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको बताए । “छोराको आसमा दुईभन्दा बढी सन्तान नजन्माउनुहोस्, छोरी पनि छोरासरह हुन् भन्ने मानसिकता बनाउनुपर्छ, यस विभेदलाई पूर्णरुपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाज निर्माण गर्न सकिन्छ”, उनले भने ।

यसैबीच रोशी गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाद्वारा बुधबार जारी विज्ञप्तिमा सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा एम्बुलेन्सले भाडा लिन नपाउने तथा यदि लिएको पाइए तत्काल कार्यलयमा खबर गर्न अपिल गरिएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका