ताजा अपडेट »

३३ दिनमा सकियो 'प्रेमगन्ज'को काठमाडौं छायांकन

विहीबार, २१ असोज २०७८, ०९ : २०
8 Shares

काठमाडौं । अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र “प्रेमगन्ज”को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ । यस भन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छाँयाकन भएको हो । अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्ने छ जुन दशै पछिको कार्यतालिका अनुसार काभ्रेको नाला ,दोभानटार , सुनापाती र मादनमा हुने छ ।

सामान्य तया नेपाली चलचित्रको छायाकंन ४० दिनको रहने गर्छ । अझ धेरै जस्तो चलचित्र त २५ देखि ३० दिन मात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छाँयाकन चल्ने छ ।अन्य तिन वटा नेपाली चलचित्र खिचे झै तपाइँले यस्मा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो ? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने ‘अन्य नेपाली चलचित्रमा पचपन्न देखि  एक सयको हराहारी सम्मको दृश्य संख्या हुन्छ । यसमा ए/बिसहित तीन सय पचास दृश्य  छ ।  लगभग दस हजार सट छ । त्यस मध्य पनि लोकेशन अतिनै सिफ्ट छ ।’

तीन सय पचास दृश्य र दसहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ।सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने  चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।