२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाण्डाै । आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन्  । दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो ।  आजदेखि कोजाग्रत  पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।

यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका  ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए।

यो सडकखण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो।  यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर हुन्छन्। विशेषगरी चाडपर्वमा त झन् गाडीको संख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ। दशैँका लागि बाहिरिने यात्रुको संख्या बढेसँगै केही दिन यता यो सडकखण्डमा लामो जाम हुने गरेको छ । अहिले पनि नागढुंगा नौबिसे सडकखण्डमा गाडी चापमा चलिरहेका छन्।  

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा