ताजा अपडेट »

बुटवलमा दशैं सस्तो बजार

सोमबार, ११ असोज २०७८, १६ : ३३
2 Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले दशैंमा सस्तो बजार सञ्चालन गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले असोजको २१ गते घटस्थापना देखि २५ गते पञ्चमीको दिनसम्म सस्तो बजार सञ्चालन गर्ने निर्णय गरेको हो । संघ सचिवालय बालमन्दिर परिषरमा सञ्चालन गरिने ५ दिनको सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटही, साल्ट ट्रेडिङ्, डिडिसी सहितका स्टलहरु राख्नेगरी दशैं सस्तो बजार सञ्चालन गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए ।

संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष दशैं सस्तो बजार हुन सकेको थिएन । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गरिने संयोजक कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताए । दशैं बजार सञ्चालनको समन्वय समितिले गर्ने र त्यसमा कार्यसमिति तथा वस्तुगत समितिहरुले सहयोग गर्ने संघले निर्णय गरेको छ ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले यहि असोजको १८ गते गर्ने निर्णय भएको संघको ६८ औं वार्षिक साधारण सभा विविध कारणले अर्को निर्णय नगर्दासम्म स्थगित गरिएको छ । त्यस्तै संघको सल्लाहकार सभा यहि असोजको १६ गते गर्ने निर्णय गरिएको छ । त्यस्तै दोस्रो चरणको रुपन्देही नवउद्यमशाला कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै यहि असोजको १५ गतेदेखि आवेदश आह्वान गर्ने निर्णय गरिएको छ ।

ढुवानी वस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा ढुवानी वस्तुगत समिति गठन गरिएको छ । आईतबार संघमा भएको सदस्य व्यबसायीहरुको बैठकले रामप्रसाद गैरेको सभापतित्वमा ढुवानी बस्तुगत समिति गठन गरिएको हो । समितिको उपसभापतिमा विकास शर्मा आचार्यलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा गोविन्द श्रेष्ठ, खिमानन्द खनाल र उज्जवल केसीलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा लोकराज पोखरेल, कमल घिमिरे, श्यामराज हमाल, जीतबहादुर भाट, रामबहादुर केसी, माधवप्रसाद नेपाललाई चयन गरिएको छ ।

समिति गठन कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघका गतिबिधिको बारेमा जानकारी गराउंदै व्यबसायिका समस्या पहिचान गर्न बस्तुगत समितिलाई आग्रह गरे उनले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानमा संघले पहल र पैरवी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, ढुवानी बस्तुगत समितिका सल्लाहकार लोकराज पोखरेल, नवनिर्वाचित सभापति रामप्रसाद गैरे लगायतले भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।