ताजा अपडेट »

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बुधबार, ३० भदौ २०७८, २० : २३
6 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । उनले स्थानीय तहमा रहेको कोभिड- १९ को जोखिम आँकलन गरी जिल्ला कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा- २०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताए ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड- १९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उनले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उनले बताए ।

उनले कोभिड- १९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको बताए । “सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन”, उनले भने, “त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।”

छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।