ताजा अपडेट »

नवलपरासी प्रहरीद्वारा लाखौंको सामान बरामद

सोमबार, २१ भदौ २०७८, २२ : ०२
4 Shares

परासी । भन्सार छलेर ल्याउँदै गरेको कपडासहित ७ लाख बराबरको सामानलाई पश्चिम नवलपरासी प्रहरीले सोमबार बरामद गरेको छ ।
प्रतापपुर गाउँपालिकाको सीमा क्षेत्र धर्मौली नाकाबाट अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा ४ सय ८१ थान टि–सर्ट र थान कपडालाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए।

बरुवाबाट बरामद भएको सामानको मूल्य करिब ६ लाख बराबरको छ । सामान ओसारपसार गरेको आरोपमा अटो रिक्सा चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यसैगरी पाल्हीनन्दन गाउँपालिकाको लोहोरौलीबाट ७ वटा बेट्री प्रहरीले बरामद गरेको छ । भारतीय मोटरसाइकलमा राखेर लैजाँदे गरेको अवस्थामा बरामद भएको ब्याट्रीको मूल्य १ लाख बढी रहेको छ ।

पक्राउ परेका अटो चालकसहित बरामद सबै सामान र सवारी साधान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिने प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।