६ माघ २०७८, बिहीबार

Jan 20, 2022

काठमाडौं । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग तयार भएर रेल सञ्चालन गर्ने तयारी भइरहँदा त्यसभन्दा अघिको खण्डमा निर्माण थोरै मात्रै बाँकी छ ।

Advertisement

भारतीय पक्षले ‘बिजलपुरासम्मको निर्माण चाँडो सकाउँछु’ भन्दै आएको रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बताए । उनका अनुसार यो समयसम्म सक्छु भनेर मिति नभनेपनि उसले चाँडो सक्छौँ भन्दै आएको छ । वर्षाभन्दा पहिले निर्माणस्थलमा काम भइरहेको थियो भने अहिले कामदार निर्माणस्थलमा छैनन् । उनले भने, “हामीले उनीहरुसँग कुराकानी गरिरहेका छौँ र चाँडो गर्ने भनेको छ ।”

कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभएको महानिर्देशक भट्टराईले बताए । त्यो ठाउँमा पुरानो लाइनलाई विस्तार मात्रै गरिएको थियो । बिजलपुरादेखि बर्दिवाससम्म नयाँ बनाउनुपर्ने भएकाले जग्गाको समस्या हुनसक्ने उनले बताए । यस खण्डमा पूर्वाधारको काम शुरु नभएको उनको भनाइ छ । उनका अनुसार जग्गाको विवादका कारणले लामो समयसम्म पनि मुआब्जा वितरण हुन सकेन । अहिले धनुषा र महोत्तरीमा मुआब्जा निर्धारण भएकाले एउटा प्रक्रिया सकिएको उनले बताए । अहिले मुआब्जाकै प्रक्रियामा सम्बन्धित जग्गाधनीले उजूरी गर्ने समय बाँकीे छ । उनले भने, “त्यो सकिएपछि नै थप काम अघि बढ्न सक्नेछ ।”

भारतीय पक्षले पहिले रेलमार्ग भएकै ठाउँमा पहिलेको सबै पूर्वाधार हटाएर नयाँ निर्माण शुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण अघि बढाइएको हो । यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुबै पक्ष भारतीयले गरिरहेको छ । जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ । नेपाल सरकार आफैँले निर्माण अघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ । यी दुबै रेलमार्ग बर्दिवास नै भटिने गरी योजना बनाइएको छ ।

पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजुलपुरासम्मको निर्माण अघि बढाइएको छ । यो खण्ड सकिएपछि बिजुलपुराबाट बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागले जनाएको छ । लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अघि बढ्नसकेको थिएन भने अहिले पनि कहिलेसम्म सकिन्छ भन्ने टुङ्गो छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि एउटा यो र अर्काे बथनाहादेखि विराटनगरको रेलमार्गमा मात्रै निर्माण भइरहेको छ । बथनाहादेखि विराटनगरमा १८ किमीमध्ये १० किमी निर्माण भइसकेको छ । अरु तीन स्थानमा भने सुरु नै हुन सकेको छैन । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि त्योभन्दा नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको छ ।

जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले गत वर्ष असोज २ मा दुई सेट रेल खरिद गरेको थियो । रेल सञ्चालनका लागि जनशक्ति, कार्यालयलगायत तयारी पूरा भए पनि सेवा शुरु भइसकेको छैन । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै दुई वर्ष पहिले नै सकिएको थियो । जयनगरदेखि कुर्थासम्मको लम्बाइ हाल ३५ किमी छ । कुर्थादेखि बिजुलपुरासम्म रेलमार्ग १७ किमी रहेको छ भने बिजुलपुराबाट बर्दिवाससम्म थप १७ किमी निर्माण हुनेछ । सबै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाई झण्डै ७० किमी लम्बाइको हुने बताइएको छ ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते वडाध्यक्षमाथि कालोमोसो दलियो मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना तिराइयो एउटै वडाबाट चार करोडको सुन्तला विक्री भैरहवामा खाना खुवाउन “द ग्राण्ड किचन” दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य रुपन्देहीको सैनामैनाकी १७ वर्षिया विनिसाद्वारा आत्महत्या पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोमा विरोध कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त