८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

परासी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि सुरु भएको वडा अधिवेशको नतिजा आउने क्रम जारी छ । यसैक्रममा पश्चिम नवलपरासीका सात स्थानिय तहका ७४ वटा वडामा भएको निर्वाचनमा पछिल्लो जानकारी अनुसार ६५ वटा वडाको नतिजा आधिकारीक रुपमा प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा अझै ९ वटा वडाको नतिजा आउन बाँकी रहेको छ । यी वडा मध्ये केहीको आइतबार साँझसम्म नतिजा आईपुग्ने निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए।

नतिजा आउन बाँकी वडामा सुनवल नगरपालिकाको वडा नम्बर ३, ७ र १२, रामग्राम नगरपालिकाको वडा नम्बर २, ११, १५ र १६, पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर ५ र सुस्ता गाँउपालिकाको वडा नम्बर ५ को पनि नतिजा आउन बाँकी छ । बाँकी वडा मध्ये केहीमा मतदान भईरहेको छ भने केहीमा मतदान नै सुरु भएको छैन् ।

बर्दघाट, प्रतापपुर र सरावलका सबै वडामा अधिवेशन सम्पन्न भई नतिजा प्राप्त भईसकेको छ । विभिन्न कागजी प्रक्रियाका कारण समय लागेको पाण्डेले बताए । प्राप्त नजिता मध्ये अधिकांश सर्वसम्मतिबाट टुङ्गो लागेको छ भने केहीमा निर्वाचन भएको छ ।

पश्चिम नवलपरासीमा कांग्रेस भित्र देवेन्द्रराज कण्डेल र विक्रम खनाल पक्षको दुई गुट छ । जुन गुट वडामा बढी हाबी भयो उक्त वडामा अर्को पक्ष नजाने गरेका कारण पनि सर्वसम्मत देखिएको हो । क्रियाशित सदस्यता दुवै गुट पक्ष तर्फका लगभग बराबरी भएको अवस्थामा मात्रै मतदान हुने गरेको कांग्रेस नेताहरुले नै बताएका छन् ।

पश्चिम नवलपरासीमा काग्रेसका ९ हजार ८ सय ८२ क्रियाशिल सदस्य छन् । क्रियाशील सदस्यमध्ये बाटै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन हुन्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।

यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने छन् । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ ।

त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाका व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’