१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । बंगलादेशका एक सांसदले बेरोगारी समस्या समाधानबारे दिएको एउटा विवादास्पद अभिव्यक्तिको मन्त्री र अन्य सांसदले खिल्ली उडाएका छन् । शनिबारको संसद् बैठकमा सांसद रिजउल करिमले बेरोजगारी समस्या अन्त्यका लागि काम गर्ने जोडीबीचको विवाहमा रोक लगाइनुपर्ने बताएका थिए । 

Advertisement

‘जागिरे पुरुषले विवाहका लागि आफू जस्तै काम गर्ने महिला खोज्छन् । त्यस्तै, जागिर खाने महिलाले पनि आफू जस्तै रोजगार पुरुष खोज्छिन् । यस्तो प्रवृत्ति रहिरहयो भने बेरोजगार समस्या समाधान गर्न सकिन्न । तसर्थ, दुवैजना जागिरे व्यक्तिले विवाह गर्न नपाउने कानुन ल्याउन प्रस्ताब गर्छु,’ उनले भने । कार्यलयमा काम गर्ने जोडिका सन्तान प्रायः घरेलु कामदारबाट दुव्र्यबहार हुने गरेको उनको तर्क थियो । 

उनको प्रस्तावपछि संसदमा हाँसोको फोहोरा नै छुटेको थियो । कानुनमन्त्री अनिसुल हुकले सांसदको प्रस्ताव ‘अभिव्यक्ति स्वतन्त्रता’ को परिणाम बताएका छन् । ‘यो प्रस्तावलाई स्वीकारें भने म संसद् भवनको दुई खुड्किला पनि चढ्न सक्दिनँ,’ मन्त्रीले भने । यस्तो प्रस्तावमा समर्थन जनाएर आफ्नो करिअरलाई जोखिममा नपार्ने उनको भनाइ थियो । 

सन् २०१८ मा पहिलोपटक सांसद बनेका करिम गत वर्ष पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका थिए । महिला अभियानका कारण बलात्कारका घटनामा वृद्धि भएको भन्ने उनको अभिव्यक्ति विवादित बनेको थियो ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)