१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काभ्रेपलाञ्चोक । पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन्। होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट–नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र समितिको समन्वयमा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भइरहेको हालको अवस्थामा दुवै मात्रा खोप लगाउन पाएपछि सुरक्षित महसुस भएको ब्यावसायी बताउँछन् ।

“कोरोना सङ्क्रमणदर घटिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउँदा सुरक्षित महसुस गरेका छौँ, अब पर्यटन तङ्ग्रेला कि”, समितिका सचिव एवं माउण्ट एभरेष्ट होटलका सञ्चालक प्रदीपजङ्ग अधिकारीले भने ।

उनका अनुसार होटल व्यवसायीसँगै नगरकोटका किराना पसल तथा तरकारी व्यवसायीसमेतलाई कोरोनाविरुद्धको खोप लगाएपछि नगरकोट ‘सुरक्षित छ’ भन्ने सन्देश दिन थालिएको छ। पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमणको जोखिमकाबीच न्यून कर्मचारी-मजदूर स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ सञ्चालन हुँदै आएका होटलमा आन्तरिक पर्यटक बढ्दै गएको मेरिल्याण्ड होटलका सञ्चालक गोकुल लामिछानेले बताए ।

उनले भने, “हाल शुक्रबार र बिदाको दिन पर्यटकको आगमन राम्रै छ, केही आवासीय तालिम कार्यक्रम हुन थालेका छन्, कोरोना घट्दै गएकाले बाह्य पर्यटक पनि आउलान् कि! ” उनका अनुसार बिदामा आउने पर्यटक र फट्टाफुट्ट हुने तालिम कार्यक्रमले जेनतेन होटल खर्च धानेको छ ।

नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन्। नगरकोटमा सानाठूला गरी १०० होटल छन्। यसमध्ये केहीमात्रै ‘फो–स्टार र थ्री–स्टार’का छन् ।

नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा रहेका छन् भने उही सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको समितिका अध्यक्ष एवं भङ्गेरी दरबार होटलका सञ्चालक नवीन गुरुङले जानकारी दिए। गुरुङका अनुसार नगरकोटमा पर्यटनका थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमाक्षेत्रमा पर्ने नगरकोटको मुख्यचोक भट्टेडाँडामा बसपार्क निर्माणाधीन अस्वथामा रहेको छ भने पर्यटकीय सूचना केन्द्र तथा ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण थालिएको छ। साथै टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनेपा नपा–२ मा हिले जलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जीपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु