Mar 27, 2023
बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ४६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १६ जना, तिलोत्तमा नगरपालिकामा ४ जना, सैनामैना नगरपालिकामा ११ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना, देवदह नगरपालिका, मायादेवी गाउँपालिका र सियारी गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३० पुगेको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३६५ रहेको छन्।
प्रतिकृया दिनुहोस्