१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

काठमाडौँ । साझा यातायातले आगामी पुसमा तीनवटा विद्युतीय बस आइपुग्ने जनाएको छ। विद्युतीय बसबारे जानकारी लिन बिहीबार साझा यातायातको कार्यालय पुल्चोक पुग्नुभएकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई साझा यातायातले सो जानकारी दिएको हो।

Advertisement

सो अवसरमा मन्त्री भुसालले विद्युतीय सवारीसाधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिए। डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्ने उनको भनाइ छ। उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढावा दिनुपर्ने बताए।

मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि उपयुक्त विकल्प खोज्न पहल गर्ने बताए। उनले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरे। ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने बताए।

साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। उनले पहिलो चरणमा चार महिनापछि तीनवटा विद्युतीय बस आइपुग्ने बताए ।

साझा यातायात सञ्चालन सदस्य भूषण तुलाधरका अनुसार करबाहेक एउटा बसको मूल्य एक करोड पाँच लाख रुपियाँ पर्नेछ। कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस एक करोड ५२ लाख रुपियाँ लागत लाग्नेछ।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा