११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत ‘मानवबहादुर रावल वातावरण स्रष्टा सम्मान र पद्यप्रसाद दाहाल स्रष्टा सौगात’ गरी थप दुई पुरस्कार स्थापना गरेको छ । त्यसअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना स्रष्टा लाई जनही रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने सभापति गोविन्द खनालले जनाकारी दिए ।

उक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व मानबहादुर रावलका छोरा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले रु दुई लाख र स्व पद्यप्रसाद दाहालका नातिनी तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने भएका छन् ।

ती पुरस्कार हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसैवर्षदेखि प्रदान गरिने छ । यससँगै स्रष्टा सम्मान अभियानअन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारको सङ्ख्या १३ पुगेको छ । रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी फेरी आन्दोलनमा, माग पुरा नभएको गुनासो २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु बुटवलमा दशैं सस्तो बजार मध्य भोटेकोशीको आइपीओ बाँडफाँट दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो सुरु भएन विद्युतीकरण सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु