१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

भैरहवा । विभिन्न माग राखी आमरण अनशनमा रहेका भिम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत् पक्ष, अस्पताल व्यवस्थापन समिति, मेडिकल सुपरिडेन्टेन र अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरुको रोहवारमा भएको छलफलमा आन्दोलनकारीको माग पुरा गर्ने सहमति भएकोले आमरण अनशन तोडिएको हो ।

अस्पताल प्रशासनले माग गरेको स्पष्टिकरण फिर्ता लिने र अनशनरत् कर्मचारीको अन्य माग सम्बोधन सम्बन्धमा ३ सदस्यीय समाधान समिति पनि गठन भएको छ । अस्पताका डाक्टर बद्री बैदवारको संयोजकत्वमा गोविन्दबहादुर ज्ञवाली र अनशनकारी गोपाल उपाध्याय सदस्य रहने गरि समिति गठन भएको छ । यो समितिले ७ दिन भित्र अस्पताल ब्यवस्थापन समक्ष प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनको आधारमा अस्थायी कर्मचारीहरुको ग्रेड, तलब र अन्य सुविधाहरु प्रदान गर्ने सहमति भएको अनशनरत् कर्मचारी गोपाल उपाध्यायले जानकारी दिए ।

माग सम्बोधन हुने सहमति भए पछि अस्पतालका मेसु डाक्टर शकुन्तला गुप्ताले उपाध्यायलाई जुस खुवाएर अनशन तोडाएकी थिईन । छलफलमा मेसु गुप्ता सहित अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु हितराज पन्थी र आनन्द प्रसाद गुप्ता एवम भिम अस्पतालका अहेब शशिकान्त उपाध्यायको रोहवरमा भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित