१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौ। १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी भनिएका आफ्ना पक्षका प्रभावशाली नेताहरु एकपछि अर्कोले देउवालाई छोड्दै गएका छन् ।

मुख्य गरी कांग्रेसभित्र सभापति देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष गरी तीन गुट सक्रिय थियो । देउवा पक्षका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधिले आफूलाई सभापतिको उम्मेदवार घोषणा गरी तयारीका गतिविधि अगाडि बढाएसँगै पार्टीभित्र चौथो गुट पनि बन्दै गएको छ । कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ ।

संस्थापन पक्षइतरका वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, १३औं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य विजयी भएका नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताले आफूहरु एकढिक्का भएर नेतृत्वका लागि साथ दिँदै देउवालाई नेतृत्वबाट हटाउने रणनीति बनाइरहँदा आफ्ना मुख्य सारथी निधि गुटबाट बाहिरिएपछि देउवालाई थप संकट उत्पन्न भएको हो । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी भन्छन्– ‘१४औं महाधिवेशनमा देउवालाई पराजित गर्न संस्थापन पक्ष एकजुट भएर सभापतिमा एकमात्र उम्मेदवारी दिनुपर्छ ।’यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण