१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेको प्रहरी महानिरीक्षकको सचिवालय .( केन्द्रिय प्रहरी समाचार कक्ष ) ले जनाएको छ ।

Advertisement

त्यस समाचार श्रोतका अनुसार बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय १६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ जना महिला, १४ जना बालक र १० जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी २८ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ४ जना बालक र १ जना बालिका रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाईएको छ । बाढीपहिरोमा परेका १ हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीको कारण ३ हजार १ सय ८० वटा घर डुबानमा परेका छन् । ९ सय वटा घर, १ सय ५३ वटा गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधीमा १ हजार १ सय ३० वटा विपद्को घटनाबाट १ हजार २ सय ९ वटा घर परिवारका ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य