८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

काठमाडौं । सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखा पर्‍यो ।

Advertisement

साताभर कूल २३२ कम्पनीको छ करोड ६६ लाख छ हजार ४७५ कित्ता शेयर कारोबार भयो । साताभरको कूल कारोबार रु ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ बराबर रह्यो । कारोबार भएका ती दिनमा पनि बजार उतारचढावपूर्ण अवस्थामा रह्यो ।

कारोबार भएको पहिलो दिन अर्थात् मङ्गलबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखियो । त्यस दिन विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखियो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगलेसमेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा घटेको छ ।

कूल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । त्यसदिनको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ६६ अर्ब छ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लाग्यो । विवरणअनुसार त्यसदिन १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लाग्यो । मङ्गलबार जस्तै धितोपत्र बजारमा बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यसदिन नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ मा ओर्लियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ बिन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत खुम्चियो । कूल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर रु १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरिद बिक्री भए । त्यस दिनको कारोबारपछि बजार पूँजीकरण  रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुग्यो । सो दिन कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आयो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रही रु ४८ करोड ७१ लाख पाँच हजार ३४६ बराबरको शेयर खरिद बिक्री भयो ।    बिहीबार नेप्सेमा दोहोरो अङ्कको सुधार भयो । त्यसदिन नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० बिन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’