१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

परासी । अविरल परेको बर्षाका कारण आएको बाढीले नवलपरासी जिल्लामा ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८बन्जरीयाका विनोद प्यासी, प्रदिप प्यासी र सुनवल–४ तुरियाकी एलिसा तामाङ्ग रहेकीछन् ।

Advertisement

लगातार भएको बर्षाका कारण आएको बाढी घरमा पसेपछि सुरक्षित स्थानको खोजीमा जानेक्रममा बाढीले बगाउदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एंव सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८,बन्जरीयाका ३७ बर्षीय विनोद प्यासी र उनका १३ बर्षीय छोरा प्रदिप प्यासी रहेका छन् । त्यसैगरी सुनवल–४ तुरिया खोला नजिकै घरभएकी १० बर्षीय एलिसा तामाङ्ग रहेकी छन् ।

बाढीले बगाएका बन्जरीयाका प्यासीका बाउछोराको शव घर भन्दा केहि तल खेतमा फेला परेको छ भने सुनवल–४ तुरियाकी एलिसा तामाङ्गको शब भने अझैसम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा