१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने भएका छन् । प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीश बस्न नमिल्ने भन्ने प्रश्न उठेपछि उनले नबस्ने निर्णय गरेका हुन् । 

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार प्रधानन्यायाधीश राणा उक्त विवादको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन सहजताका लागि बिदामा बस्नेछन् । संविधानबमोजिम संवैधानिक इजलास प्रधानन्यायाधीशकै नेतृत्वमा गठन हुने भए पनि संवैधानिक परिषद्ले गरेका नियुक्ति बदर गर्ने मागको विवादमा प्र्रश्न उठेपछि उनी इजलासबाट बाहिरिएका हुन् । उक्त मुद्दाको पेशी अर्को शुक्रबारका लागि तोकिएको छ । 

गत मङ्सिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलास प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले उक्त विवादमा सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठाएका थिए । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा