१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

जलमग्न भएको विश्वविद्यालयको आवास क्षेत्र

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावास र शिक्षक आवास क्षेत्र डुवानमा परेको छ । निरन्तर परेको पानीले रुपन्देहीको खडैयामा रहेको आवास र छात्रावास क्षेत्र डुबेको हो । आवास क्षेत्रमा ३० जना शिक्षक, विद्यार्थी र अन्य व्यक्तिहरु फसेका छन् । दानव नदीमा उच्च बाढी आएपछि आवास क्षेत्रसहित खडैया गाउ नै डुबानमा परेको छ ।

Advertisement

बौद्ध विश्वविद्यालयका निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्लेले विहान ७ बजेपछि दानव नदिमा बाढी आउदा गाउँ नै डुवानमा परेको बताए । ‘अहिले खोला र बस्तीको पानी सम्मै छ, कोही पनि बाहिर निस्किन सक्ने अवस्था छैन, उनले भने । विश्वविद्यालयको छात्रावासमा विद्यार्थी बस्दै आएका छन् । पूर्वाधार निर्माण गरिरहेका मजदुरहरु पनि सोही भवनमा आश्रय लिएका छन् । उनीहरुको अस्थायी क्याम्प डुबेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले पानीको सतह नघटे उद्धारको प्रयास गर्नुपर्ने बताए । ‘नदीको पानी नै पसेका कारण पानीको सतह घटिरहेको छैन, पानी नघटे उद्धार नै गर्नुपर्ने हुन्छ, बाहिर निस्किनका लागि अरु कुनै विकल्प छैन, उनले भने । शिक्षकहरु थुनिएपछि विश्वविद्यालयको पठनपाठन समेत अवरुद्ध भएको उनले बताए ।

रुपन्देहीमा बिहिबार विहानदेखि नै निरन्तर पानी परिरहेको छ । निरन्तरको बर्खापछि ससाना खोलाहरुमा पानीको सतह बढेको छ । लुम्बिनी क्षेत्रका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बाढीले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा बढी क्षति गरेको छ । पश्चिम नवलपरासी सदमुकाम डुवानमा छ । रुपन्देहीको देवदहमा पुल भासिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कपिलवस्तुका दक्षिणी क्षेत्रको अधिकांश खेती र ससाना घरहरु डुवानमा परेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा