१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाडौँ । काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या ८० नाघिसकेको छ । अमेरिकी सैनिक तथा ठूलो संख्यामा अफगानी नागरिकहरु विस्फोटको शिकार बनेका छन् ।

Advertisement

यस घटनाको जिम्मेवारी आईएसआईएस खुरासानले लिएको छ । आईएसआईएस–के इराक तथा सिरियामा कुनै समय कब्जा जमाएको आईएसआईएस अर्थात् (ईस्लामिक स्टेट अफ ईराक एन्ड सिरिया) को सहयोगी हाँगा हो । यसले पाकिस्तान र अफगानिस्तानका जिहादीहरुलाई एकजुट गर्ने काम गर्छ ।

कर्तुतहरु:
पछिल्ला वर्षहरुमा निन्दनीय आक्रमणहरूको आरोप यस समूहमाथि लाग्दै आएको छ । छात्रालाई निशाना बनाउने, अस्पताल र प्रसुती गृहमा हमला गर्नेलगायत आरोप यस समूहमाथि लागेको छ । गर्भवती महिला र नर्सहरुलाई पनि गोली हानेर मारेको आरोप यस समूहमाथि छ ।

यो तालिबानजस्तो समूह होइन । तालिबान केवल अफगानिस्तानमा केन्द्रीत छ । तर, आईएसआईएस के विश्वव्यापी सञ्जालको हिस्सा हो, उक्त सञ्जालले भ्याए जति ठाउँमा आक्रमण गर्ने गरेको छ ।

कहाँ छ यो समूह ?
यो समूहको आधार इलाका अफगानिस्तानको पूर्वी नन्गर्हर प्रान्त हो । यस प्रान्त अन्तर्गत पाकिस्तान छिर्न र निस्कन सजिलो हुने जुन रुट छ, त्यही रुटमा ड्रग्स र अन्य कुराको कारोबार समेतमा यो समूह संलग्न छ ।

कुनै समय यस समूहमा ३ हजार लडाकु थिए । तर पछिल्लो समय अमेरिकी र अफगानी सैनिकसँगको भिडन्तमा यस समूहले ठूलो क्षति व्यहोर्नुप७थभलसयो । तालिबानसँग पनि उनीहरुको पटक–पटक भिडन्त परेको थियो ।

तालिबानसँग के सम्बन्ध छ ?
सायद, उनीहरुबीच सम्बन्ध हुनसक्छ । तर तेस्रो पक्ष अर्थात् हक्कानी नेटवर्कमार्फत । अध्ययनअनुसार हक्कानी नेटवर्क र आईएसआईएस–के बीच निकै नजिकको सम्बन्ध छ । र, तालिबानसँग पनि हक्कानी नेटवर्कको राम्रो सम्बन्ध छ ।

अहिले काबुलको सुरक्षाको जिम्मेवारी पाएका खलिल हक्कानीको टाउकोको मुल्य अमेरिकाले कुनै समय ५० लाख डलर तोकेको थियो र यो अझै फिर्ता भइसकेको छैन । एशिया प्यासेफिक फाउन्डेशनका डाक्टर साजन गोयलले यी सैन्य नेटवर्कहरुका गतिविधिलाई वर्षौंदेखि नियालिरहेका छन् । ‘२०१९ र २०२१ को अवधिमा भएका धेरै प्रमुख आक्रमणमा आईएसआईएस–के र तालिबानको हक्कानी नेटवर्क तथा पाकिस्तानमा रहेका धेरै आतंकवादी समूहबीच समन्वय भएको देखिन्छ ।’

जब १५ अगस्टमा तालिबानले काबुल कब्जा ग¥यो । त्यसपछि पुल ई चार्की जेलबाट ठूलो संख्यामा बन्दीहरु रिहा ग¥यो, यसक्रममा आईएस र अलकायदाका लडाकुहरु पनि रिहा भए । उनीहरुको संख्या ठूलो छ ।

यी सबैका बाबजुद आईएसआईएस–के र तालिबानबीच ठूलो भिन्नता छ । अमेरिकाको कठपुतली बन्नका लागि तालिबानले जिहादी युद्धभूमी छाडेर कतारको होटलमा वार्ता गरेको आईएसआईएस–केको आरोप छ । अबका दिनमा भने आईएस लडाकुले नै तालिबानलाई सरकार सञ्चालनमा चुनौती दिनेछन् ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा