Apr 2, 2023
बुटवल । बिगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारणले रुपन्देहीका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । जिल्ला सदरमुकाम भैरहवा, तिलोत्तमा, मर्चवारी तथा दक्षिणका क्षेत्रहरु डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाका अनुसार मानवीय क्षती नभएपनि भौतिक रुपमा भने ठुलो क्षती हुनसक्ने आकलन गरिएको छ । उद्धारको लागि आवश्यकता अनुसार प्रहरी परिचालन गरिने र त्यसको लाटि टोली तयार रहेको जानकारी दिए।
प्रतिकृया दिनुहोस्