ताजा अपडेट »

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

विहीबार, १० भदौ २०७८, १६ : १३
6 Shares

तेहरान । इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ । राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो । राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसद्बाट पारित भएको हो ।

उनले १९ जनाको नामावली पेस गरेकोमा १८ जनाको मात्रै पारित भएको र एक जनाको भने पारित नभएको संसद् सचिवालयले जनाएको छ । शिक्षा मन्त्रीका लागि प्रस्तावित एक व्यक्तिका लागि भने आवश्यकताअनुसारको समर्थन नपुगेको जानकारी दिइएको छ । उनले संसदमा गत शनिबार नामावली पेस गर्नु भएकोमा सबैका बारेमा सांसदले छलफल गरेर मङ्गलबार विश्वासको मत दिएको जनाइएको छ । मन्त्रीका लागि अनुमोदन भएकाको नामावली राष्ट्रपति कार्यालयको आधिकारीक वेभसाइडमा राखिएको छ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।