६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

कञ्चनपुर । कञ्चनपुरमा छ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्र गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ ।राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य समेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ ।

Advertisement

पहिलो खण्डमा डोकेबजारदेखि बुटावारी सम्मको २० किमी लागि रु ३८ करोडमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमी सडक निर्माणका लागि रु ४१ करोड र तेस्रो खण्डको २२ किमी सडकका लागि रु ४० करोडमा ठेक्का सम्झौता भएको छ । बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् । “विसं २०७३ मा राजमार्ग निर्माणको कार्य शुभारम्भ गरी विसं २०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो” हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुपर्यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि कार्य अगाडि बढाउन विलम्ब भएको छ ।”

राजमार्गको शुरुआतकै विन्दु डोके बजार क्षेत्रमा सडकको अधिकार क्षेत्रभित्र पर्ने रुख र घर हटाउनका लागि बारम्बार तोकता गर्दै आए पनि नहटाइदा ३५ दिने सूचना जारी गरिएको उनले बताए । बेलौरीको पचुँइमा एक हजार ६०० मिटर राजमार्ग कालापत्रको कार्य भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन । विवाद चाँडो समाधान भए कालोपत्रको कार्य अगाडि बढने सूचना अधिकारी मडैले बताए ।

“तीन वटै ठेक्काको म्याद सकिएको छ” उनले भने, “पहिलो र दोस्रो सडक खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको गत माघ महिनामै म्याद सकिएको छ । दोस्रो सडक खण्डमा काम गर्ने निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद जेठ महिनामा सकिएको छ ।” कोभिडलाई मध्यनजर गर्दै म्याद सकिएका निर्माण कम्पनीलाई छ महिना विभागले काम गर्नका लागि म्याद थप गरेपनि त्यो पनि सकिनै लागेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण राजमार्ग निर्माणको कार्यले गति लिन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

निर्माण कम्पनीलाई हुलाकी राजमार्ग आयोजनाले भने काम गरेको केही रकम भुक्तानी गर्न भने बाँकी रहेको छ । निर्माणको कार्य अगाडि बढाउनका लागि विभागबाट परिपत्र नआएका कारण केही अप्ठेरो परेको आयोजना कार्यालयका कर्मचारीको भनाइ छ ।राजमार्ग आयोजना धनगढी कार्यालयका प्रमुख रामपुकार जैसवालले वर्षाको समय भएकाले यस बेला कालोपत्र गर्ने कार्य गुणस्तरयुक्त नहुने भएकाले काम रोक्न लगाइएको बताए । वर्षाको समय सकिएपछि सडक कालोपत्र गर्ने कार्य शुचारु हुने उनले बताए ।

राजमार्गको कूल चौडाई १२ मिटर छ । यसमा सात मिटर कालोपत्र गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ । राजमार्गका ५५ बढी ठाउँमा कल्भर्ट राख्ने र बाल निर्माण पूरा गरिएको छ । सडक कालोपत्रको पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडकको धुलो उडेर स्थानीय बासिन्दाको घरभित्रै पस्न थालेपछि मर्कामा परेका हुन् । कालोपत्र गरिएको सडक फुटेर केही ठाउँमा खाल्डाखुल्डी भएपछि आवगमनमासमेत अप्ठेरो परेको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा हुलाकी राजमार्ग छ । ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापरिकरण गरी गरिबी निवारणमा सघाउ पुर्याउने उद्देश्यले राजमार्ग आयोजना सञ्चालन गरिएको बताइएको छ ।राणाकालीन समयदेखि नै चिठीपत्र आदानप्रदान गर्न चलनचल्तीको बाटोलाइनै सडकमा परिणत गरी राजमार्गको रुपमा विकसित गरिन लागेको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार