१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

कर्णाली । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिरादपत्र दायर गरेको हो ।

Advertisement

फिरादपत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच विसं २०७७ असोज ४ गते विज्ञापन कर सङ्कलन गर्ने सम्झौता भएको थियो । सहारा निर्माण सेवाका सञ्चालक दशरथ चन्दले बारम्बार ताकेता गर्दासमेत कर नबुझाएपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताए । उनका अनुसार होर्डिङ बोर्ड राखेवापत रु एक लाख ५० हजारमात्र विज्ञापन कर सङ्कलन भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (घ) १ मा विज्ञापन प्रयोजनका लागि राखिएका होर्डिङ बोर्डबाट सम्बन्धित स्थानीय तहले कर उठाउन पाउने उल्लेख छ । सोही प्रावधानअनुसार वीरेन्द्रनगर नगरपालिकाले कर सङ्कलनको जिम्मेवारी उक्त कम्पनीलाई दिएको थियो । नगरपालिकाले पनि ती २६ कम्पनीलाई तत्काल कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो । फिरादपत्रमा मुलुकी देवानी संहिता २०७४ को दफा ४९४, ४९५, ६६९ बमोजिम विपक्षीबाट पाउनुपर्ने राजश्व रकम असुल गर्न नसकी क्षति हुन गएकाले सो रकम क्षतिपूर्ति भराइदिन माग गरिएको छ । अदालतले असोज ५ गते उपस्थित हुन विपक्षी कम्पनीलाई पत्र पठाएको छ ।

विपक्षी बनाइएका कम्पनीमा हिम इलेक्ट्रोनिक्स प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि, बर्जर पेन्टस् नेपाल (बर्जर एण्ड निकोल्सन), नारायणी स्टिल प्रालि, घोराही सिमेन्ट इन्डष्ट्री प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, जन्सा कार्पेट (आशी इण्डष्ट्रिज), विश्वकर्मा सिमेन्ट प्रालि, एशियन थाइ फुड्स प्रालि, मङ्गलम इण्डष्ट्रिज प्रालि, एनसेल एक्जियटा लिमिटेड, लिक्कियर वल्र्ड, बोटलर्स नेपाल लिमिटेड, यति बु्रअरी प्रालि रहेका छन् ।

त्यस्तै अम्बे स्टिल्स प्रालि, जस्मिन पेन्टस् प्रालि, टाटा पेन्टस् एण्ड केमिकल इण्डष्ट्रिज प्रालि, वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेड, सिजी फुड्स नेपाल प्रालि, होंशी शिवम सिमेन्ट प्रालि, आइएमई डिजिटल सोलुसन, इसेवा फोनपे प्रालि, सर्वो लुब्रिकेन्ट एचएच नेपाल, हंशराज हुलाशचन्द एण्ड कम्पनी लिमिटेड प्रालि, शुभमश्री अग्नि सिमेन्ट उद्योग, गोयन्का स्टिल प्रालि रहेका छन् । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)