ताजा अपडेट »

पहिलाे पाइला बुटवल शाखाद्वारा ‘तपाईंको मास्क खाेइ’ कार्यक्रम

विहीबार, १० भदौ २०७८, १० : २३
4 Shares

कपिलवस्तु । पहिलाे पाइला नेपाल बुटवल शाखाले काेराेना माहामारीका कारण निम्त्याएको जाेखिमबाट वचन तपाईंको मास्क खाेइ अभियान संचालन गरेको छ । पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनीकाे अध्यक्षतामा केन्द्रीय प्रथम उपाध्यक्ष बिष्णु राज महतकाेे प्रमुख आतिथ्यतामा साे अभियान संचालन गरिएको हाे ।

कार्यक्रममा तिलोतमा शाखा कोषाध्यक्ष शालिक भुसालकाे आतिथ्यता सहित कार्यक्रम संयाेजक शाखा सदस्य अरुणा पाण्डेकाे संयाेजकत्व तथा सह सचिव रमेश पछाइकाे संचालनमा सम्पन्न भएकाे पहिलो पाइला नेपालले जनाएको छ ।समाजसेवाको भावनाले ओतप्रोत भएका जागरुक युवाहरुलाई संगठित गरेर परिवर्तनको लागी लाग्नुपर्छ भन्ने प्रेरणादायी स्रोतको माध्यम बनेको संस्थाकाे रुपमा पहिलो पाईला चिनिने गरेकाे छ ।

राज्यको यो अवस्था जुन बिश्वले नै निन्दा गर्ने अवस्था रहेकाे जनाउँदै सामाजिक, राजनैतिक तथा कुटनैतिक हिसाबले कमजोर बनेको अवस्थामा कर्मठ, उर्जावान युवाहरुसंग हातेमालो गरेर बिकास र परिवर्तनको खाका कोर्न लागी परेको संस्थाले जनाएको छ ।

देशको बिभिन्न स्थान मा कोरोनाले क्षतबिक्षत बनाएको अवस्था लाई ब्यवास्ता गरेर माक्स को प्रयोग गर्न छाडेको अवस्थालाई मध्यनजर गर्दै पहिलो पाइला नेपाल बुटवल शाखाले तपाइँको माक्स खै? कार्यक्रम बुटवलको मुख्य स्थान बुटवल हस्पिटल लाइनमा गरेको हाे । माक्स लगाउन उत्प्रेरित गर्दै माक्स नलगाई हिँड्ने सर्वसाधारण लाई सचेत गराउदै जनचेतना मुलुक कार्यक्रम गरेको संस्थाले जनाएको छ। उक्त क्षेत्रमा माक्स नलगाई हिड्डुल गर्ने लाई बुटवल शाखाले निशुल्क माक्स पनि वितरण समेत गरेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।