१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

परासी। जिल्लाको कोभिडको पछिल्लो अवस्था थाहा पाउनको लागि एन्टिजेन परीक्षणको अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जिल्लाको पछिल्लो अवस्था थाहा पाउनको लागि एटिन्जेन परीक्षणको अभियान सुरुवात गरेको हो । कार्यालयले पहिलो दिन जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा सेवाग्राहीले सेवा लिन आएका सेवाग्रहीहरुलाई एटिन्जेन परीक्षण गरिएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

Advertisement

सेवा लिन आएका सेवाग्रहीहरुलाई कोभिड(१९ संक्रमण रहेको छ की छैन भनी एटिन्जेन परीक्षण सुरुवात र जिल्ला कोभिड(१९को संक्रमण कस्तो आम नागरिक फैलावट कति रहेको भन्दै परीक्षण अभियानको सुरुवात गरिएको पोख्रेलले बताए । उनको समुदायस्तरमा कोभिड संक्रमाणको नतिजा दिने हिसाबले परीक्षणको अभियान सुरु गरिएको बताए । यो अभियान एक हप्तासम्म निरन्तर संचालन हुने बताउँदै यस अभियानपरीक्षणको दायर बढाएर जिल्लामा कोभिड अवस्था कस्तो रहेको समुदायस्तरमा कति फैलिएको पत्ता लगाउने उद्देश्यले यो अभियान संचालन गरिएको प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

उक्त अभियान क्रमशः सुनवल र बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर र सुस्तागाउँपालिकामा संचालन हुने पोखरेलले बताए । केन्द्रको सिसीएमसीले जिल्लामा ग्रेडिङ्ग गर्न निर्देशन आएअनुसार यो अभियानले स्कुल खोल्न मिल्ने र हाटबजार खोल्न मिल्न छ की छैन भनेर प्रमाणित हुने भएकोले बताउँदै जिल्लामा स्मार्ट लकडाउन संचालन गर्न यो अभियान सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।

अभियानको पहिलो दिनमा प्रशासन कार्यालयमा सेवा लिन आएका ४०० जना सेवाग्राही र रामग्राम नगरपालिकामा सेवा लिन आएका ३०० जना गरी ७०० जना सेवाग्रहीहरुलाई एन्टिजेन परीक्षण गरिएको प्रमुख पोखरेलले बताए । ती सबै ७०० जनाको एन्टिजेन परीक्षणको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’