१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन्। आइतबारदेखि नेपाल भ्रमणमा रहेका चौथाइवालेले बुधबार कांग्रेस उपसभापति निधिसँग भेटवार्ता गरेका हुन्।

Advertisement

दुवै नेताबीच करिब एक घण्टा भएको भेटवार्तामा नेपाल–भारतसम्बन्धका विषयमा कुराकानी भएको थियो।भेटमा नेपाल–भारत सम्बन्ध अघि बढाउन नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध अगाडि बढाउनुपर्नेमा निधिले चौथाइवालेको ध्यानाकर्षण गराएका छन्।

भारत सरकारले नेपाल सरकारलाई कोरोना भ्याक्सिन उपलब्ध गराउन गरेको सहमतिअनुसार अझै भ्याक्सिन नआएको भन्दै तत्काल उपलब्ध गराउन चौथाइवालेमार्फत निधिले भारत सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैगरी, संविधानसभामार्फत जारी संघीय लोकतान्त्रिक गणतान्त्रत्मक नेपालको संविधानलाई भारतले नोटेडमात्र भनेको उल्लेख गर्दै उनले भारत सरकार र सत्तारुढ भाजपाका तर्फबाट अब आउने संविधान दिवसको अवसरमा संविधानको पक्षमा स्वागत गर्नुपर्नेमा जोड दिएका थिए।

उपसभापति निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा सय करोड विकास अनुदान घोषणा गरेकोमा अहिलेसम्म कार्यान्वयनमा नभएकोमा चौथाइवालेको ध्यानाकर्षण गराएका थिए।

यसैगरी उनले जनकपुर–कुर्था रेल्वे सेवा सञ्चालन गराउन दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अगाडि बढाउँदै दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा उदघाटन गर्नुपर्ने जोड दिए।निधिले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै भारत सरकारको तर्फबाट पहल थाल्न आफूले सक्दो पहल गर्ने बताएका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै